शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

धुर्मुस सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरद्वारा थप ४ करोड प्रदान

दैनिक नेपाल २०७७ माघ १४ गते १७:४२

काठमाडौँ, १४ माघ । भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन धुर्मुस सुन्तली फाउण्डेसनलाई थप ४ करोड रुपयाँ सहयोग गरेको छ ।

भरतपुर महानगरपालिका २० मा निर्माण भरहेको रंगशालाको काम अगाडि बढाउन महानगरले यस अघि ४ करोड दिइसकेको फाउण्डेसनलाई वुधबार थप ४ करोड रुपैयाँ सहयोग गरेको हो ।

महानगर कार्यालयमा मेयर रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई ४ करोड रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।
मेयर दाहालले महानगरको आन्तरिक स्रोेतबाट यस अघि ४ करोड र अहिले ४ करोड सहयोग गरिएको बताइन् ।

महानगरको सहयोगको चेक लिँदै फाउण्डेसनका अध्यक्ष कट्टेलले काम अघि बढाउन सहयोग हुने विश्वास व्यक्त गरे । उनले स्थानीय सरकार र जनताको सहयोगमा रंगशाला निर्माण कार्यलाई टुंगोमा पुर्याइने बताए ।

प्रतिक्रिया
सम्बन्धित