११ कार्तिक २०८३, बुधबार

वुधबार थप २८३ जनामा कोरोना, २४६ जना निको, ३ जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप २ सय ८३ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ३ सय ७५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय ४६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८६ जना पुगेको छ ।

२४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या २ हजार २० जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २० लाख ५७ हजार ६९ जनाको पीसीआर परीक्षण भइसकेको छ ।