११ कार्तिक २०८३, बुधबार

बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष रेग्मी धरौटीमा रिहा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ माघ । बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी धरौटीमा हिरासतमुक्त भएकी छन् ।

उनलाई २ लाख ७७ हजार धरौटीमा काठमाडौँ जिल्ला अदालतले रिहा गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँले रेग्मीलाई प्रतिलिपि अधिकार (कपि राइट) उल्लंघन गरेको आरोपमा उनी गत पुस २७ गते पक्राउ गरेको थियो ।

रेग्मीविरुद्ध कपिराइट उल्लंघन गरेको भन्दै गायक प्रमोद खरेललगायतले जाहेरी दिएका थिए । त्यसकै आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।