११ कार्तिक २०८३, बुधबार

अर्घाखाँचीमा २ वर्षीया छोरीको बाबुद्वारा हत्या

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ माघ । अर्घाखाँचीमा बाबुद्वारा २ वर्षीया छोरीको हत्या भएको छ ।

शीतगङ्गा नगरपालिका वडा नं. २ सीतापुरको झिर्राका स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीय छोरी सृष्टि घिमिरेको हत्या गरेका स्थानीय इलाका प्रहरी कार्यालयले जनाएको छ ।

बालिकाकी आमा भने श्रीमानसँग विवाद भएपछि केही महिनादेखि माइतमा बस्दै आएकी थिइन् । बाबुसँगै रहेकी दुई वर्षीया छोरीको भने बाबुद्वारा नै हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनामा संलग्न घिमिरेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।