११ कार्तिक २०८३, बुधबार

हिमाली जिल्लामा तत्काल इन्टरनेट विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै हिमाली जिल्लाहरुमा तत्काल इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।

मन्त्री गुरुङले टेलिकमका सबै सेवालाई गुणस्तरीय बनाउन पनि सचेत गराए । नेपाल टेलिकमका पदाधिकारीलाई मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर टेलिकमको टावर लगायतका पूर्वाधारहरुलाई पूर्ण क्षमताका साथ संचालन गर्नका लागि समयमै आवश्यक व्यवस्था मिलाउन आग्रह गरे ।

सेवा विस्तारको क्रममा ठेकेदार कम्पनीले काम गर्न सकेन भनेर भन्नुपर्ने अवस्था नआउने गरी काम गर्नुपर्ने आवश्यक्ता पनि मन्त्री गुरुङले औंल्याए । उनले व्यापारिक फाईदा नहेरी टेलिकम लगायतका सूचना प्रविधिको विकासमा तीव्रताका साथ काम गर्नुपर्नेमा उनको जोड थियो ।

“व्यापारमा फाईदा हुँदैन कि भनेर चुुप लागेर नबसौँ,” ठेकेदार कम्पनी प्रति संकेत गर्दै मन्त्री गुरुङले भने,“आफूले जिम्मा लिएको जिल्लामा समय अगावै काम सकौँ ।”

त्यसो हुन सके मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको ‘डिजिटल नेपाल’बनाउने परिकल्पना साकार हुने उल्लेख गर्दै मन्त्री गुरुङले देशमा भ्रष्टाचार र ढिलासुस्तीको अन्त्य गर्न सूचना प्रविधिको विकासमा ढिलाई गर्न नहुने स्पष्ट पारे ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमको सेवालाई गुणस्तरीय बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।