
काठमाडौँ, १२ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्ने क्रममा भीडले बालुवाटारमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
नेकपा प्रचण्ड पक्षमा उभिएका नेता रघुजी पन्तसहितको भिडले निषेधित क्षेत्र तोडेर प्रवेश गर्न लागेपछि प्रहरीले भीडलाई पानीका फोहोरा र लाठीचार्जले तितरबितर पारेको छ ।
संसद विघटनविरुद्ध नागरिक मार्च भन्दै नेताहरु, पत्रकार नारायण वाग्लेसहित साहित्यकारहरू प्रदर्शन गरेका थिए ।
उनीहरुले प्रहरीले निषेधित क्षेत्र भनेको स्थानबाट अघि बढ्न खोजेपछि पानीका फोहोरा र लाठीचार्ज गरेको थियो ।
‘हामीले निषेधित क्षेत्र नतोड्नका लागि आग्रह गरेका थियौं, उहाँहरू बढ्न थालेपछि सामान्य हस्तक्षेप गरिएको हो’, काठमाडौँ प्रहरीले भन्यो ।
उता केही पत्रकारहरुले विना सूचना प्रहरीले लाठीचार्ज गरेको भन्दै तेस्रो जनआन्दोलन सुरु भएको घोषणा समेत गरेका छन् ।















प्रतिक्रिया