शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सरकारले पूर्वलडाकुलाई लोकतन्त्रको योद्धाका रुपमा सम्मान गर्ने

दैनिक नेपाल २०७७ माघ ११ गते २२:३०

काठमाडौँ, ११ माघ । सरकारले पूर्वलडाकुलाई लोकतन्त्रको योद्धाको रुपमा सम्मान गर्ने निर्णय गरेको छ ।

आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको हो ।

मुलुकमा लोकतन्त्रका लागि योगदान दिनेहरुका लागि सरकारले सम्मान गर्ने भएको हो । जसका लागि मन्त्रिपरिषदले आवश्यक प्रतिवेदन बनाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ ।

त्यसैगरी समितिमा सदस्यका रुपमा खानेपानी तथा सरसफाइमन्त्री मणि थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे रहेका छन् ।

यसअघि पनि जनयुद्धका घाइतेहरुलाई सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो ।

माओवादीको १० वर्षे सशस्त्र आन्दोलन र ०६२/६३ को जनआन्दोलनमा घाइते तथा अंगभंग भएका, आफन्त गुमाएकाहरुलाई सरकारले सम्मान र सेवा सुविधा प्रदान गर्ने भएको हो ।

प्रतिक्रिया
सम्बन्धित