बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

पूर्वमाओवादी लडाकु ओली पक्षमा आउने लहर चलेको छ: महेश बस्नेत

दैनिक नेपाल २०७७ माघ ११ गते २१:१९

काठमाडौँ, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता महेश बस्नेतले पूर्वमाओवादीका लडाकु आफूहरुका पक्षमा आउने लहर चलेको बताएका छन् ।

कपिलवस्तुको चन्द्रौटामा युवा सङ्घका पदाधिकारीसँगको भेटघाटका क्रममा सङ्घका पूर्वाध्यक्ष बस्नेतले पूर्वमाओवादीका धेरै नेता प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आउने क्रम जारी रहेको र पूर्वएमालेका सबै नेता आगामी वैशाखसम्म ओली नेतृत्वको नेकपामा आउने जिकिर गरे ।

एक प्रसङ्गमा उनले कार्यकारी अध्यक्षका रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिइए पनि पार्टी एकताका केही काम गर्न नसकेको आरोप लगाए । –रासस

प्रतिक्रिया
सम्बन्धित