११ कार्तिक २०८३, बुधबार

मुलुकलाई समृद्ध बनाउने अभियानलाई गति दिन ताजा जनादेश

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ माघ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई समृद्ध बनाउने अभियानलाई गति दिन ताजा जनादेशका लागि निर्वाचनमा जाने निर्णय गर्नु परेको बताएका छन् ।

मन्त्रीगुरुङले मुलुकलाई सही बाटोबाट अघि बढाउन पनिप्रतिनिधि सभा विघटन गरी अघि बढनुपर्ने अवस्थाआएको उल्लेख गर्दै निरास नहुनकलाकार, पत्रकार, साहित्यकार सबैलाई आह्वान गरे । “राष्ट्रिय राजनीतिको वर्तमान अवस्थाबाट निरास नहुन म कलाकार, साहित्यकार सबैलाई आग्रह गर्दछुु ।”

शुभकामना मिडिया प्रालिले आईतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने, “निर्वाचनपछि मुलुुकले गति लिनेछ, ताजा जनादेशपछि समृद्ध राष्ट्र निर्माण गर्ने अभियानले तीव्रता पाउनेछ ।” उनले नेपाल राष्ट्रलाई विश्व समूदाय माझ चिनाउने प्रयासमा कमी आउन नदिन पनि कलाकार, साहित्यकारहरुलाई पटक पटक आग्रह गरे ।

राष्ट्र, राष्ट्रियता र मुलुकको समृद्धिका लागि कलाकार, पत्रकार, साहित्यकारहरुले महत्वपूूर्ण योगदान पुर्याएको उल्लेख गर्दै मन्त्री गुरुङले उनीहरुलाई राज्यले गर्ने सम्मानमा कमी आउन नदिने प्रतिवद्धता समेत व्यक्त गरे ।

मन्त्री गुरुङले देश र जनता प्रति योगदान गर्नेहरुलाई जो कोहीले पनि सम्मान गर्ने स्मरण गराए । कार्यक्रममा गीतकार उन्नति बोहरा शीलालाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको थियो ।