मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

जसको कोही छैन, त्यसका लागि सरकार छ, हरेश नखानुस्: प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ माघ ११ गते १५:३४

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जसको कोही छैन त्यसका लागि सरकार भएको बताएका छन् ।

काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शारीरिक रुपमा अशक्त भएकाहरुको सरकारले सबै व्यवस्थापन गर्ने बताएका हुन् ।

‘जसका लागि कोही छैन, त्यसको लागि सरकार रहेको छ’ उनले भने ।

कार्यक्रममा उनले भने, ‘सरकारका केही कामहरु हुन्छन् । देशको भूमिको रक्षा गर्नु, सार्वभौमिकताको रक्षा गर्नु, देशको हितको रक्षा गर्नु, गौरब गर्नु सरकारको काम हो । तर, सरकारको काम यति मात्र पनि होइन, देशमा सुशासन कायम गर्ने, जनताको समस्या के हो त्यसको पहिचान गरी त्यसको समाधान गर्ने पनि हो ।’

उनले शारीरिक अपगङ्गता भएका र आर्थिक अवस्था कमजोर भएका परिवारमा निकै समस्या हुने भन्दै उनीहरुलाई सरकारले झन् सहयोग गर्ने बताए ।

त्यस्तै, उनले हिजोआज सडकमा बालबालिका नभएको बताए । ‘हिजो सडकभरि बालबालिका हुन्थे त्यसलाई खाते भनेर अपमान गरिन्थ्यो । तर अहिले सडकमा खाते छैनन्,’ ओलीले भने, ‘सडकमा बालबालिका हुने छैनन् । ती सबै बालबालिका लागि अभिभावकका रुपमा सरकार रहेको छ ।’

त्यस्तै, प्रधानमन्त्री ओलीले शारिरीक रुपमा अशक्त रहेकालाई हरेश नखान समेत प्रेरणा दिए । ‘अलिकति प्रतिकूलता भयो, कहिले प्रकृतिक रुपमा भएको होला, कहिले अन्य कारणले भएको होलान् । नहुनुपर्ने भयो, अब त्यसका लागि हरेस नखानु । तपाईंहरुको लागि सरकार छ,’ उनले भने ।

उनले स्टेफन हकिन्स र झमक घिमिरेको उदाहरण दिँदै देशको विकास फरक क्षमता भएकाले पनि गर्न सक्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित