शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

वडा कमिटीसम्म ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्छ: गोकुल बाँस्कोटा

दैनिक नेपाल २०७७ माघ १० गते १८:००

फाइल तस्वीर

काभ्रे, १० माघ । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्गठन विस्तार अभियानमा वडा कमिटीसम्म ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताएका छन् ।

उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको दुईदिने जिल्ला कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै पार्टीको जिल्ला सचिवालयमा पनि ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधत्व गराइने दाबी गरे ।

“वडासम्मको पार्टी कमिटीमा अनिवार्य ३३ प्रतिशत महिलाको सहभागिता गर्नैपर्छ, त्यसमा पनि सक्षम महिलाको सहभागिता होस्”, नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले भने । उनले महिलाको नेतृत्व क्षमताको विकासमा पार्टीले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । उनले यसअघि पार्टी सञ्चालनका दौरान महिला सहभागिता ‘छुट्ने÷छुटाउने’ प्रवृत्तिको अन्त्य गर्न आग्रह गरे ।

बाँस्कोटाले हरेक कार्यक्रम, भेलामा पनि महिला सहभागितालाई सुनिश्चित गराउन सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्ने बताए ।

बाँस्कोटाले पछिल्लो समय नेकपाको केही नेताको राष्ट्रियता र सामाजवादभन्दा ‘पद–पद–पद’को कसरतले जनताको अभिमत चकनाचुर पारेको आरोप लगाए । –रासस

प्रतिक्रिया
सम्बन्धित