विराटनगर, १४ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने सांसद्लाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
पार्टी विभाजपछि प्रचण्ड– माधव पक्षका ३७ सांसद्ले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
नेकपाका प्रमुख सचतेक तथा ओली पक्षका नेता बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
दलका प्रमुख सचेतक राजभण्डारीले सांसद्हरूलाई तत्काल प्रस्ताव फिर्ता गर्न निर्देशन दिएका छन् ।











प्रतिक्रिया