६ मंसिर २०८३, आइतबार

दिनानाथ शर्माले छाडे प्रचण्ड कित्ता, कता गए?

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस। नेपाल कम्युनिस्ट पार्टीका नेता तथा राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कित्ता त्यागेका छन्। राष्ट्रिय सभाको अधिवेशनमा उनी सहभागी हुने भएका छन्।

लामो समयसम्म प्रचण्डसँग सहकार्य गरेका पूर्वमाओवादी प्रवक्ता समेत रहेका शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा पनि नउभिने भएका छन्। स्वतन्त्र र तटस्थ तत्कालको नीति बनाएका उनी एकीकरणमा जोड दिने पक्षमा रहेको बताइएको छ।

यसका लागि नेकपा उपाध्यक्ष बामदेव गौतमसँग सहकार्य गरी अगाडि बढ्ने उनको योजना रहेको छ। शर्माले भनेका छन्,‘अहिलेको जोड एकीकरण हो, हामी एकताको एजेन्डामा उभिनेछौं।’