६ मंसिर २०८३, आइतबार

गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङ बलियो, जनमोर्चाले दियो साथ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १३ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि गण्डकी प्रदेश सरकारको भविष्यलाई लिएर चिन्ता भइरहेका बेला राष्ट्रिय जनमोर्चाले आफ्नो समर्थन यथावत रहेको जनाएको छ ।

जनमोर्चाको साथ भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बलियो देखिएका छन । मुख्यमन्त्री गुरुङ प्रधानमन्त्री केपी ओली समूह निकटका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहबाट गण्डकीमा २७ जना सांसद छन् । जनमोर्चाले साथ दिँदा ओली समूहका मुख्यमन्त्री गुरुङको नेतृत्वमा ३० जना सांसद हुनेछन् ।

६० सदस्यीय गण्डकी प्रदेशमा १२ जना प्रचण्ड पक्षका र १ जना माधव नेपाल पक्षका सांसद छन् । अविश्वासको प्रस्ताव दर्ता गराउन एक चौथाइ सांसद संख्या चाहिन्छ । जनमोर्चाको साथ पाएपछि ओली समूह नै बलियो देखिएको छ ।