६ मंसिर २०८३, आइतबार

संसद विघटन गर्ने ओलीको निर्णय प्रतिगामीः राजेन्द्र महतो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । जनता समाजवादीका नेता राजेन्द्र महतोले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगमन भएको बताएका छन ।

आइतबार रत्नपार्कको शान्तिवाटिकामा आयोजित सभालाई सम्बोधन गर्दै महतोले पछिल्लो प्रतिगमन भने कुर्सीको लागि भएको बताए ।

‘फेरि प्रतिगमन आयो । कति प्रतिगमन, कति प्रतिगमन’, उनले भने, ‘नेपाली जनताले कति प्रतिगमन भोग्नुपर्ने हो ? केपी ओलीले संविधानमा प्रतिगनम गरे ।’

नेपाल सबैको देश भएको भन्दै उनले सबैको अधिकार र पहिचान हुने गरी संविधान बनाउनुपर्ने बताए । राजाको प्रतिगमन त नटिक्ने देशमा ओलीको प्रतिगमन नटिक्ने बताए ।