११ कार्तिक २०८३, बुधबार

प्रचण्ड-नेपाल समूहले नेकपा अध्यक्षबाट ओलीलाई हटाए, नेपाल बने नयाँ अध्यक्ष

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ७ पुस । नेकपा अध्यक्ष प्रचण्ड-नेपाल समूहको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाइएको घोषणा गरेको छ ।

बबहरमलमा भएको भेलाले प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाइएको घोषणा गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओलीले राष्ट्र, जनता, पार्टीलाई घात भयो भनेर आउनुभयो भने हामी उहाँलाई स्वागत गर्छौं । गल्ती भयो, मैले गल्ती गरेँ, म पश्चाताप गरेर आउन तयार छु भनेर आउनुभयो भने म अहिले पनि स्वागत गर्न तयार छु ।’

त्यस्तै, बैठकले नेता माधव कुमार नेपाललाई अध्यक्ष बनाएको छ । प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट बर्खास्ता गर्दै नेपाललाई अध्यक्ष बनाएको घोषणा गरेको हो । अर्का अध्यक्ष बन्नका लागि नेता झलनाथ खनालले प्रस्ताव गरेका थिए भने उपस्थित सबैको सर्वसम्मतमा नेपाल अध्यक्ष बनेका थिए ।

प्रचण्ड नेपाल समूहले आफ्नो भेलामा बहुमत केन्द्रीय सदस्यहरुको उपस्थित रहेको दावी गर्दै आएका छन् । यद्यपि प्रधानमन्त्री ओलीले नेकपाको आधिकारिक भेला आफूले बालुवाटारमा आयोजना गरेको केन्द्रीय समितिको बैठक हो भन्ने दावी गरेका छन् ।

यसरी हेर्ने हो भने सत्तारुढ नेकपा फुटेको आंकलन गर्न सकिन्छ । यद्यपि कुन आधिकारिक हो भन्नेबारे निर्वाचन आयोगले निर्णय गर्ला ।