११ कार्तिक २०८३, बुधबार

जसपाले पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ पुस । जनता समाजवादी पार्टीले संसद विघटनको विरोधमा सबै जिल्लामा प्रदर्शन गर्ने भएको छ ।

पार्टीले पुस ८ गते सबै जिल्लाका समदरमुकामहरुमा विरोध प्रदर्शन गर्ने भर्ने भएको हो ।

सोमबार बसेको पार्टीको बैठकले यस्तो निर्णय गरेको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिएका छन् ।

उनले भने, ‘प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने असंवैधानिक र अलोकतान्त्रिक र प्रतिगमनकारी हर्कतका विरूद्ध पौष ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।’

थप संघर्षबारे भावी रणनीति तय गर्न पुस ७ गते पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।