११ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री ओलीको सम्बोधनः घेराबन्दीका कारण संसद विघटन, आमनिर्वाचनमा लाग्न आह्वान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अब आमनिर्वाचनको तयारीमा लाग्न अनुरोध गरेका छन् ।

सोमबार दिउँसो जनताका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारमाथि असहयोग र घेराबन्दीका कारण संसद विघटन गरी जनताको बीचमा जानु परेको बताउँदै नयाँ जनादेशका लागि सबैलाई तयारी गर्न भनेका हुन् ।

‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन खोजिएका प्रचार र भ्रमहरु निराधार छ’ उनले भने, ‘राजनीतिक स्थिरताको प्रत्याभूति गर्ने निर्णायक तत्व जनताको अभिमत हो । तसर्थ कुन कुरामा नअल्मलिई आम निर्वाचनको तयारीमा जुट्न आहृवान गर्दछु ।’

प्रधानमन्त्री ओलीले आम निर्वाचनको जनादेश र जनभावनाविपरीत राष्ट्रिय राजनीतिमा अर्थहीन र अन्त्यहीन सिर्जना गरेपछि निर्वाचनको घोषणा गरिएको बताए ।