
काठमाडौँ, ६ पुस । संघीय संसद भवन नयाँ बानेश्वरमा संसद विघटनविरुद्ध नेकपा सांसदहरुको हस्ताक्षर संकलन सुरु भएको छ ।
नेकपाका सांसदहरुले प्रतिनिधिसभा विघटनका विरुद्ध हस्ताक्षर संकलन सुरु गरेका हुन् ।
आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ जनादेशको घोषणा गरेकी थिइन् । त्यसको भोलिपल्ट यसको विरोध गर्ने सांसदहरुको हस्ताक्षर संकलन थालिएको हो ।
हस्ताक्षर कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरू वर्षमान पुन, गिरिराजमणि पोखरेललगायत नेताहरू पनि पुगेका छन् ।















प्रतिक्रिया