११ कार्तिक २०८३, बुधबार

पोखरामा ओलीको समर्थनमा नाराबाजी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ पुस । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको स्वागत भएको छ ।

ओलीका कार्यकर्ताको भेलाले प्रतिनिधिसभाको विघटन तथा नयाँ जनादेशका लागि आम निर्वाचनको घोषणाको स्वागत गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री ओलीले देश बचाउनलाई जनताका नाममा सुम्पेको भन्दै नाराबाजी समेत गरेका थिए ।

आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी २०७८ साल बैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेकी थिइन् । यद्यपि सर्वोच्च अदालतमा यस घटनाको विरुद्धमा रिट दायर भइसकेको छ ।