११ कार्तिक २०८३, बुधबार

कोरोनाका कारण होटल अन्नपूर्ण बन्द

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ पुस । ५५ वर्षदेखि चलिरहेको पाँचतारे स्तरको होटल अन्नपूर्ण बन्द भएको छ ।

कोरोनाभाइरस संक्रमणको महामारीका कारण खर्च धान्न नसक्ने अवस्थामा पुगेको बताउँदै सन् २०२१ भरका लागि होटल बन्द गरिउको होटलकी कार्यकारी अध्यक्ष सिर्जना राणाले जानकारी दिइन् ।

करिब ३ सय ५० जना कर्मचारी कार्यरत होटलले उनीहरुलाई नियमानुसार पारिश्रमिक दिएर बन्द गर्न लागेको हो ।

आउँदो वर्षमा पनि विदेशी पर्यटक पर्याप्त संख्यामा आउने सम्भावना नदेखिएको बताउँदै होटल बन्द गरिएको राणाले बताइन् ।

होटल अन्नपूर्ण सन् १९६५ देखि सञ्चालनमा आएको हो । काठमाडौँको मुटु दरबारमार्गको ५.५ एकड क्षेत्रफलमा फैलिएको छ ।