
काठमाडौँ, ५ पुस । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षधर केही मन्त्रीहरुले सामूहिक राजीनामा दिने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा ती मन्त्रीहरुले सरकारको संसद विघटनको पछिल्लो कदमप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने भएका हुन् ।
उनीहरुले अहिले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मलेनमार्फत राजीनामा दिने बताइएको छ ।
राजीनामा दिने मन्त्रीहरुमा वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बीना मगर, रामेश्वर राय यादव, योगेश भट्टराई र घनश्याम भुसाल रहेका छन् ।
उनीहरूमध्ये गृहमन्त्री रामबहादुर थापा र मन्त्री लेखराज भट्टले राजीनामा दिन्छन् दिँदैनन् भन्नेबारे केही खुलेको छैन ।















प्रतिक्रिया