११ कार्तिक २०८३, बुधबार

संसद विघटनविरुद्ध सोमबार सर्वोच्चमा रिट दायर हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीको संसद विघटनको घोषणाविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर हुने भएको छ ।

रिट दायर गर्ने तयारीमा रहेका कानुनविदहरुले सोमबार विहानै अदालत खुल्ने बित्तिकै प्रक्रिया अगाडी बढाउने बताएका छन् ।

अधिवक्ता राजनकुमार निरौलाले आजै रिट दायर हुने तयारी गरेको भए पनि दिउँसो १ देखि २ बजेसम्म टि ब्रेक भएकाले नभ्याइने भएको बताए । सामान्यत सर्वोच्च टि ब्रेक अघि प्रक्रिया अगाडी बढाइए मात्रै रिट दायर गर्न भ्याइने निरौलाको भनाइ छ ।

राष्ट्रपति भण्डारीले साढे दुई बजेतिर मात्र प्रधानमन्त्री ओलीको सिफारिसलाई सदर गरि दिएकाले आज रिट निवेदन दिन ढिला भएको हो ।

रिट दर्ताका लागि अदालतको प्रक्रिया पूरा गर्न पनि समय लाग्ने भएकाले रिट भोलि मात्रै दायर हुने बताइएको छ ।