११ कार्तिक २०८३, बुधबार

काँग्रेस नेता भण्डरीद्वारा संसद विघटनको स्वागत

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ पुस । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री र राष्ट्रपतिको कदमको स्वागत गरेका छन् ।

आइतबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि काँग्रेस नेता भण्डारीले ताजा जनमतमा जानु सुखद् भएको बताएका हुन् ।

भण्डरीले ट्वीटरमार्फत भनेका छन्, ‘जनताले नेकपालाई ५ वर्षका लागि चुनेर पठाएको भएपनि आन्तरिक किचलोका कारण सरकार चल्न नसकेको अवस्थामा संसद विघटन गरेर ताजा जनमतमा जानु स्वागतयोग्य कुरा हो ।’