११ कार्तिक २०८३, बुधबार

छायाँ सेन्टरको पक्षमा नेवार समुदायको ऐक्यबद्धता

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ पुुस । नेवारी सम्पदा अभियन्ता तथा स्थानिय जनताका नाममा कुत्सीत स्वार्थ बोकेका केहि अबाञ्क्षित तत्वहरु द्धाराठमेल स्थित छायाँ सेन्टरका विरुद्ध भईरहेको नियमित प्रहारको प्रतिकारमा स्थानिय नेवार समुदायहरु एकबद्ध हुन थालेका छन् ।

काठमाडौँका आदिवासी नेवार समुदायको साँस्कृतिक तथा मैलिक अपनत्वको भावनालाई हतियार बनाएर आफ्नो व्यक्तिगत कुण्ठा तथा राजनैतिक महत्वकांक्षा परिपूर्ति गर्न खोज्ने, हाल का.जि सितालाईला बस्ने कुनै बेला ठमेलका बासिन्दा रहेका, भागबत नरसिंह प्रधानद्धारा ठमेलमा निर्मित अत्याधुनिक व्यवसायिक भवन छायाँ सेन्टरको बिरुद्ध लक्षित अदालतकोमुद्धा तथा अनर्गल प्रचारका बाबजुद पनि प्रतिष्ठित नेवारी अभियन्ता तथा समाजसेवीहरुद्धारा एक भव्य कार्यक्रम छायाँ सेन्टरमा आयोजना गरि यस्ता गलत मनस्थितिद्धारा ग्रसित व्यक्तिहरुका कुत्सीत प्रयास बिरुद्ध संगठित प्रतिरोधको सुरुवात गरेका छन् ।

नेवारी समाजको यसै प्रयास स्वरुप गत सोमबार,मंसिर २९ गतेका दिन नेपाल भाषामा निर्माण हुन लागेको सामाजीक कथामा आधारित चलचित्र “लुँ यागु तक्मा”(सुनको तक्मा) को छायाँ सेन्टरको प्राङ्गणमा एक भव्य कार्यक्रमका बिच शुभ मुहुर्त सम्पन्न भयो ।

नेपाल भाषाका नेपाली सिने कलाकार मानकृष्ण वावाको “स्वास्थ्य उपचार तथा जीविकोपार्जन कोष” निमाणार्थ सुखावती मल्टी प्रडक्सनको व्यानरमा निर्माण हुन लागेको यस चलचित्रको निर्माता तथा निर्देशक, सुरेन्द्र तुलाधरद्धारा यस कार्यक्रमप्रति पूर्वाग्रह सहित अनेक प्रपंचर षडयन्त्र मार्फत कार्यक्रम हुन नदिन भरमञ्दुर प्रयत्नशील रहनु भएका भागवत नरसिहं प्रधान प्रति दुख व्यक्त गरे ।

नेपाली समाजका बरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यता र कलाकारहरु मानकृष्ण वावा, सुरज व्यङ्जनकार, राोजिना सुवाल, भगेन्द्र मानन्धर, रञ्जना सिदिकु, रिजन महर्जन, हसिना महर्जनबाट मुहुर्त अभिनय गरी शुभारम्भ भएको उक्त कार्यक्रममा अतिथि कलाकार लगायत अन्यलाई कार्यक्रममा नजान व्यक्तिगत दबाब दिनु जस्तो घृणित कार्यमा संलग्न रहेर समाजमा नकारात्मकताको खेती गर्नु भन्दा, आपसी सरसल्लाह तथा समझदारीको पहल गरी सामुदायिक भाईचाराको विकास गर्न उत्तम हुने सुझाव निर्देशक सुरेन्द्र तुलाधरले भागवत नरसिहं प्रधानलाई दिए ।

कार्यक्रमका प्रमुख अतिथि, वरिष्ठ हास्यकलाकार मदन कृष्ण श्रेष्ठलाई पनि कार्यक्रम बहिस्कार गर्नका लागि पटक पटक फोन गरेर आफुलाई दबाब दिएका भागवत नरसिहं प्रधान प्रति असन्तुष्टि व्यक्त गर्नुका साथै निर्माण भईसकेको यस्तो राम्रो संरचना,“छायाँ सेन्टर भत्काएर नै छाड्ने” भागवत नरसिहं प्रधानको धम्कीयुक्त चेतावनी प्रति मतभेद प्रकट गर्दै, आफु शान्तिप्रिय तथा विकासबादी रहेका कारण जनताको लगानी परेको विकासका संरचना भत्काउने जस्ता गलत अभियानमा आगामी दिनमा आफुलाई सम्पर्क नगर्न समेत स्पष्ट पारे ।

कलाकार मानकृष्ण वावाको सहयोगका लागि प्रस्तावित चलचित्र “लुँ यागु तक्मा” (सुनको तक्मा) मा संलग्न कलाकार निर्देशक, बिज्ञ प्राबिधिक तथा अन्य सरोकारवालाहरुले निशुल्क रुपमा काम गर्नुका साथै आवश्यक उपकरणहरु समेत बिना लगानी प्रायोजीत भएको व्यहोरा फिल्म निर्माण टिमबाट जानकारी प्राप्त भएको छ ।

यस कार्यक्रमको बिशिष्ट अतिथिका रुपमा उपस्थित नेपाली सिने जगतका मुर्धन्य व्यक्तित्वहरु नीर शाह, चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहाल, रमेश उप्रेती, रविन्द्र खड्का, नागे डंगोल लगायतका व्यक्तित्वहरुले सम्पूर्ण कलाकार लगायत निर्माण टीमले यसरी निशुल्क रुपमा काम गरेर संकटमा परेका कलाकारको लागि सहयोग जुटाउने जस्तो उदाहरणीय कार्य गर्नु भएकोमा धन्यवाद दिनुको साथै चलचित्रको सफलताको कामना गरे ।

करिब ३०० जनाउपस्थित उक्त कार्यक्रममा उपत्यकाका नेवार समुदायका सम्पदा एवं सामाजीक अभियन्ता, समाजसेवी, कलाकारहरु, स्थानीय समुदाय लगायत युवा जमातले चलचित्रको सफलताको कामना गर्नुका साथै विकास निर्माण तथा लगानीका बिरुद्ध नेवारी समुदायकोभावना माथि सौदावाजी गर्नेभागवत नरसिहं प्रधानप्रबृतिले प्रोत्साहन पाउनुनहुनुको साथै, छायाँ सेन्टर जस्तोलगानी र आर्थिक विकासका प्रतिकहरुको संरक्षणमा ऐक्यबद्धता तथा आगामी दिनहरुमा लगानीमैत्री वातावरण सृजना गर्न सकारात्मक रहनुपर्ने धारण व्यक्त गरे ।