९ कार्तिक २०८३, सोमबार

समाजमा नकारात्मक सन्देश फैल्याउने समाचार सम्प्रेषण नगर्न मन्त्री गुरुङको आग्रह

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० मंसिर । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा नकारात्मक सन्देश फैल्याउने खालका समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन् ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले सधैं विरोध, आलोचना र नकारात्मक सन्देश फैल्याउने खालका समाचारले सभ्य र समृद्ध समाज निर्माणमा अवरोध खडा गर्ने उल्लेख गर्दै त्यस्ता खालका समाचार सम्प्रेषण गर्न नहुने स्पष्ट पारे ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी नेतृत्वको दोलखाली पत्रकारहरुको टोलीसँग बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा उनले तथ्यहिन समाचारले समाजलाई बिग्रहको बाटोतर्फ समेत लैजाने खतरा रहेको औंल्याउँदै त्यसतर्फ सञ्चार माध्यमहरुले सचेत हुनुपर्ने बताए ।

‘राजनीतिक आग्रह÷पूर्वाग्रह राखेर तथ्यहिन ढंगले समाचार सम्प्रेषण गर्दा त्यसले समाजमा विग्रहको अवस्थासमेत ल्याउने गर्दछ,’ मन्त्री गुरुङले भने, ‘त्यसकारण सधैं विरोध, आलोचना र नकारात्मक खालका सन्देश समाजमा प्रवाह हुने गरी समाचार सम्प्रेषण गर्न हुन्न ।’

उनले सञ्चार क्षेत्रलाई मर्यादित र जिम्मेवार बनाउने गरी सञ्चार नीति ल्याउने सोच अघि सारेको उल्लेख गर्दै त्यसका लागि सम्वद्ध सबै पक्षलाई सुझाव दिन पनि आह्वान गरे ।

सञ्चारमन्त्री गुरुङले इन्टरनेट सेवालाई सर्वशुलभ, गुणस्तरीय र सबैको पहुँचमा पु¥याउने कामलाई उच्च प्राथमिकता दिएको बताए । उनले फोरजी सेवा विस्तार तथा अप्टिकल फाईबर बिछयाउने कामलाई तीब्रताका साथ अघि बढाउने काम भईरहेको बताए ।

मन्त्री गुरुङले इन्टरनेट सेवामा सबैको पहुँच पु¥याउन मातहतका निकायलाई सचेत गराईएको बताए । फेसबुक, टवीटर, भाईबरलगायतका सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउने योजनामा आफू रहेको मन्त्री गुरुङको भनाई थियो ।

भेटमा प्रेस युनियनका महासचिव शिवाकोटीलगायतका पत्रकारहरुले कोभिड–१९ बाट प्रभावित श्रमजीवि पत्रकारहरुलाई उचित राहतको व्यवस्था गर्न मन्त्री गुरुङसँग माग गरेका थिए ।