९ कार्तिक २०८३, सोमबार

क्रिकेट कप्तान मल्लसहित ३ जना क्रिकेट खेलाडीमा कोरोना पुष्टि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित ३ जना क्रिकेट खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा कप्तान मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेल रहेका छन् ।

कप्तान मल्लले आफूमा संक्रमण देखिएको र हाल होम आइसोलेसनमा रहेको जानकारी दिएका छन् ।

मंगलबार टीयू क्रिकेट मैदानमा १६ खेलाडी, प्रशिक्षक जगत टमटा, फिटनेस ट्रेनर आशय हत्कर र फिजियो तथा कार्यबाहक व्यवस्थापक विक्रम न्यौपाने तथा १३ जना मैदानका स्टाफको पिसिआर परिक्षण गरिएको थियो ।

पीसीआर गरिएका अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ ।