शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

भोलिको सचिवालय बैठक सार्ने ओलीको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार, के गर्दैछन् ओली ?

दैनिक नेपाल २०७७ मंसिर २ गते १६:२२

काठमाडौं, २ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केही दिन पर सार्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठाडै अस्वीकार गरेका छन् ।

भोलि दिउँसो १ बजेका लागि तय भएको बैठक सार्ने प्रस्ताव लिएर ओलीले मंगलबार बिहान महासचिव विष्णु पौडेललाई खुमलटार पठाएका थिए । तर, प्रचण्डले जे–जे विषयमा छलफल गर्ने हो सबै सचिवालयमै हुने भन्दै कुनै पनि हालतमा बैठक नसार्ने अडान लिएका छन् ।

यसअघिको सचिवालय बैठकमा दाहालले पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनले नेकपाभित्र खैलाबैला मच्चिएको छ । जुन प्रतिवेदनलाई फिर्ता लिनुपर्ने ओली पक्षको अडान छ भने प्रस्ताव सचिवालयमा गम्भीरतापूर्वक छलफल हुनुपर्ने अडान प्रचण्ड–माधव नेपालपक्षको छ ।

यही अडानका कारण पार्टीको बैठक समेत अन्योलमा पर्ने चर्चा भइरहेका बेला खुमलटारले बैठक नरोकिने सन्देश बालुवाटारलाई पठाएको हो ।

प्रचण्डको सन्देशलगत्तै ओलीले आफूनिकटका नेताहरुसँग बालुवाटारमै छलफल गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित