९ कार्तिक २०८३, सोमबार

करिब ४ लाखसहित तनहुँमा जुवा खेल्ने १५ पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३० कात्तिक । प्रहरीले तनहुँमा १५ जुवाडेलाई पक्राउ गरेको छ ।

भानु नगरपालिका वडा नम्बर १२ मिर्लुङ कवाचितमा उमेश अधिकारीको कटेजमा जुवा खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको टोलीले उनीहरुलाई जुवा (कौडा) र नगद ३ लाख ७५ हजार ६ सय ३० रुपैँयासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सन्तोष खडका, बलराम अधिकारी, उत्तम पण्डित, अमृत श्रेष्ठ, खड्ग बहादुर गुरुङ, चन्द्र बहादुर शाही, सुमन खनाल, रामु मल्ल, हरी खडका, राम गुरुङ, आस कुमार श्रेष्ठ रामलाल गुरुङ, विष्णु बहादुर भण्डारी, शिव कुमार श्रेष्ठ र पुरन गुरुङ रहेको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।