
काठमाडौँ, ३० कात्तिक । दाङमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
लमही नगरपालिका १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार बिहान करिब ४० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विराटनगरबाट महेन्द्रनगर जाँदै गरको ट्रकले विहान ६ बजे ठक्कर दिँदा गम्भीर घाइते भएकी ती महिलालाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिएपछि भागेको ट्रकलाई प्रहरीले लमही ९ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हालसम्म मृतकको पहिचान नुखलेको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया