९ कार्तिक २०८३, सोमबार

नेपाल वाल संगठन तनहुँको पदस्थापना, अध्यक्षमा कैनी

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, २८ कात्तिक । नेपाल वाल संगठन तनहुँको पदस्थापना, कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकार महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपाल वाल संगठन तनहुँको अध्यक्षमा समाजसेवी तथा प्राज्ञिक व्यक्तित्व डम्वरदेव कैनीलाई मनोनित गरेको हो ।

नेपाल सरकारले अध्यक्षमा मनोनयन गरेको डम्वरदेव कैनीलाई वाल संगठन तनहुँको कार्यलयमा एक समारोहका बीच पदस्थापन गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको सभापतित्वमा सम्पन्न भएको पदस्थापन कार्यक्रमको प्रमुख अतिथी प्रतिनिधिसभाका सदस्य केदार सिग्देल रहेका थिए ।

पदस्थापन गराउनुहुदै प्रमुख अतिथी सिग्देलले जिल्लाले वालवालिकाका हकहितमा काम गर्ने सवल नेतृत्व पाएको हुदाँ जिम्मेवारका साथ काम गर्नका लागि आग्रह गरेका थिए ।

विगत देखि नै बालबालिकाका क्षेत्रमा शैक्षिक तहवाट भुमिका वहन गर्दे आएका नेतृत्व पाएपछि जिल्लाले वालवालिकाको हकहितका लागी काम गर्ने विश्वास गरेका थिए ।

यसैगरि नवनियुक्त अध्यक्ष डम्वरदेव कैनीले राज्यले विश्वास गरेर नेतृत्व प्रदान गरेको हुदाँ सवैको साथ र सल्लाह लिएर अगाडी बढ्ने बताए ।

सवैको एकमना एकता र साथ सहयोगले मात्र सफल हुने हुदाँ सवैको साथका लागि आग्रह समेत गरे । यसैगरि कार्यक्रमका अध्यक्षता गर्नुभएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले सरकारले आफनो तर्फवाट पुर्ण रुपमा सहयोग गर्ने बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत वरालले संचालन गर्नुभएको उक्त कार्यक्रममा व्यास नगरपालिकाका कार्यकारी अधिकृत डिल्लिराज सिग्देल, जिल्ला समन्वय अधिकारी प्रेमराज गिरी, भुमि सम्वन्धि आयोगका केन्द्रिय सदस्य एकवहादुर राना, नेकपा तनहुँका सचिव राजेन्द्रकेशरी न्यौपाने, प्रदेश सदस्य अतिन्द्र केशरी न्यापाने, नेकपा जिल्ला सचिवालय सदस्य श्रीप्रसाद श्रेष्ठ, पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य लगायतका उपस्थिती रहेको थियो ।