९ कार्तिक २०८३, सोमबार

सूचीकृत अस्पतालहरुबाट कोरोनाको निःशुल्क उपचार हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २८ कात्तिक । सरकारले सूचीकृत सरकारी अस्पतालहरुबाट कोरोनाभाइरसको परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ ।

सूचीकृत सरकारी प्रयोगशाला र अस्पतालहरुबाट रोगको लक्षण वा चिह्न देखिएका विरामीको परीक्षण र उपचार निःशुल्क गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ ।

शुक्रबार मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना बिमा गरेकाहरुको हकमा परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट व्यहोर्ने गरी व्यवस्था मिलाएको जनाएको छ ।

त्यस्तै सरकारले सक्षम, इच्छुक र योगदान गर्न चाहनेलाई कोरोना परीक्षण र उपचारमा सहयोग गर्न आह्वान पनि गरेको छ ।