
काठमाडौँ, २३ कात्तिक । काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा १ हजार २ सय ९४, ललितपुरमा १ सय ६२ र भक्तपुरमा ७७ गरी उपत्यकामा १ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
देशभर आइतबार थप २ हजार ८ सय १७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया