९ कार्तिक २०८३, सोमबार

पेस्तोलसहित ३ जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २३ कात्तिक । कञ्चनपुर प्रहरीले पेस्तालसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका–२ बसन्थला बस्ने २२ वर्षीय पारसमणि जोशी, पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका–५ बस्ने २६ वर्षीय दीपक भट्ट रहेका छन् ।

बेदकोट नगरपालिका–५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा तास खेलिरहेको अवस्थामा गत बुधबार साँझ आएका अपरिचित व्यक्तिहरुले तासको खालबाट नगद लुटपाट गरी भागेको घटनाको अनुसन्धान गर्दै जाँदा सो घटनामा संलग्न रहेको खुलेपछि उनीहरु हतियारसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार उनीहरुले जुवाखालबाट ३ लाख ९५ हजार र ३ थान मोबाइल लुटेर भागेका थिए । जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट दैजीबाट खटिएको टोलीले उनीहरुलाई हतियारसहित पक्राउ गरेको कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

उनीहरुको साथबाट १ थान म्याग्जिन र २ राउण्ड गोली बरामद भएको एसपी मरासिनीले बताए । घटनामा प्रयोग भएको से ६ प २२६३ नम्बरको मोटरसाइकल र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।