१ कार्तिक २०८३, आइतबार

राष्ट्र र जनताको हितअनुकुल रुपान्तरणमुखी छलफल गरौं : नारायणकाजी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाभित्रको विवाद समाधानका लागि राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर रुपान्तरणमुखी छलफल गर्नुपर्ने बताएका छन् ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहको निहित स्वार्थका कारण पार्टी विभाजन र बिसर्जनको बाटोमा जान दिन नहुने बताउँदै उनले पार्टीलाई एकताबद्ध बनाई फूट, अकर्मण्यता वा पुँजीवादीकरणबाट बचाउनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विवादबारे चुपचाप बस्नु र व्यक्तिगत झगडा वा गालीगलोजमा उत्रनु दुबै ठीक नभएको पनि बताएका छन् । ‘तैं चुप मै चुप पनि ठिक छैन । त्यसै गरी तुम शेर तो हम सवा शेर झैं ब्यक्तिगत झगडा वा गालिगलौज पनि ठिक छैन’, उनले लेखेका छन् ।

यस्तै उनले सल्लाह गरेर पार्टी अलग–अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भए पनि सही नभएको बताउँदै उनले लेखेका छन्, ‘सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भए पनि सही होइन । तर, त्यसमा अन्तर्निहित एउटा पक्ष, अर्थात व्यक्तिगत कटुतासहितको व्यक्तिगत विषय नबनाऔं भन्ने कुरा सही छ र त्यसलाई पार्टी विभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गरौं ।’

पार्टी भित्रको छलफल्, वहश र अन्र्तसंघर्षलाई व्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप नदिन पनि उनले अपिल गरेका छन् ।

यी समाचारहरु पढ्नुहोस्–