१ कार्तिक २०८३, आइतबार

प्रचण्डले ओलीसँग मागे प्रधानमन्त्री

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ कात्तिक । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री पद मागेको खुलासा भएको छ ।

शनिबार र आइतबार भएका पछिल्ला कुराकानीमा प्रचण्डले ओलीलाई आफूलाई प्रधानमन्त्री छाड्न माग गरेको खुलासा भएको हो । बालुवाटार स्रोतका अनुसार, जवाफमा ओलीले आ(आफ्नो बाटो लाग्न ठीक हुने बताएका थिए । प्रचण्डले एक पछि अर्को माग गर्न थालेकाले ओली रूष्ट बनेको स्रोतको दावी छ ।

पछिल्लोपटक मत्थर बनेको नेकपाको विवाद कर्णालीमा मुख्यमन्त्रीविरुद्द हस्ताक्षर संकलन, पर्सामा पूर्वमाओवादी कार्यकर्ताको हत्या र रअको नेपाल भ्रमणपछि उत्कर्षमा छ । ओली र प्रचण्डबीचको नयाँ लफडाले नेकपामा झनै तरंग छाएको छ ।