
काठमाडौं, १७ कात्तिक । उपप्रधानमन्त्री समेत रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी एकताका बखत गरिएका सहमतिविपरीत पूर्वसमूहभित्रको आबद्धताका आधारमा समिकरण बनाउन खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन् ।
पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बढिरहेको विवादका कारण पार्टी नै विभाजनको अवस्थामा पुग्न लागेको चर्चा भइरहेका बेला उनले सामाजिक सञ्जालमार्फत आफ्नो टिप्पणी सार्वजनिक गरेर सो कुरा बताएका हुन् ।
पार्टीभित्र त्यस्तो ‘दुर्भाग्य’ निम्त्याउनेहरुलाई बेलैमा चिनेर खबरदारी र विरोध गर्दै पार्टी एकता बचाउन सबै जुट्नुपर्ने धारणा पनि उनले व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘एकताकाबेला गरिएको सहमतिविपरीत पूर्वसमूहभित्रको आबद्धताका आधारमा समिकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो । त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खबरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !!’
गएको शनिबार र आइतबार भएको दुई अध्यक्षबीचको छलफलमा गम्भीर प्रस्तावहरु आएको दाबी गर्दै दोस्रो तहका नेताहरुले आ–आफ्नो धारणा तथा टिप्पणीहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन् । उनीहरुको टिप्पणी र कतिपय सनसनीपूर्ण तथ्यहरुले साँच्चै नेकपा फुटको दिशातर्फ उन्मुख भएको आभाष समेत दिलाइरहेको छ ।

यी समाचारहरु पढ्नुहोस्–















प्रतिक्रिया