३१ आश्विन २०८३, शनिबार

प्रदेश ५ को राजधानी : निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिए जनता

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १८ असोज । प्रदेश ५ सरकारले प्रदेश राजधानी दाङको देउखुरी क्षेत्रमा कायम गर्न प्रदेश सभामा प्रस्ताव पेश गरेपछि रुपन्देहीका संघसंस्था निषेज्ञाज्ञा तोडेरै प्रदर्शनमा उत्रिएका छन् ।

शनिबारदेखि आन्दोलनको घोषणा गरेका रूपन्देहीका तीन दर्जन बढी पेशागत तथा व्यावसायिक संघसंस्थाको साझा सञ्जालले आइतबार पनि बुटवलमा प्रदर्शन गरेको छ ।

बुटवलका उद्योगी व्यवसायीले प्रदेश राजधानी रूपन्देहीबाट अन्यत्र लैजान गरिएको प्रस्ताव फिर्ता लिन आग्रह गर्दै प्रदर्शन गरेका हुन् । नेपाल उद्योग परिसंघ सीएनआईका प्रदेश संयोजक एजाज आलमले रुपन्देहीबाट निर्वाचित सांसदहरूलाई आफ्नो राजनीतिक धरातल हेरेर निर्णय गर्न चेतावनी दिएका छन् ।

सम्बन्धित सांसदहरुलाई आजको भन्दा पनि भोलिको राजनीतिक भविष्य हेरेर निर्णय लिन उनीहरुले आग्रह गरेका छन् । अहिले पार्टीको कारबाहीका डरले ह्विप मान्ने नेता तथा सांसदहरुलाई जनताले सधैं कारबाही गरिरहने उनीहरुको भनाइ छ ।

रुपन्देहीका व्यावसायिक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले बुटवलमा आज आयोजना गरेको कार्यक्रममा सामाजिक संस्थाका अगुवाहरुले पाटीको ह्वीप छाडेर आन्दोलन सहभागी हुन नेकपाका सांसदलाई आग्रह समेत गरेका छन् ।

उनीहरुले सांसदहरुलाई जनताको मत अनुसार निर्णय लिन अनुरोध गर्दै जनप्रतिनिधिलाई प्रश्न गरेका छन्, ‘पार्टीको गलत निर्णय प्यारो कि जनता ?

प्रदेश ५ को राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावपछि शनिवार बसेको नेकपा संसदीय दलको बैठकले सरकारले अघि सारेका प्रस्तावमा मतदान गर्ने निर्णय भएको समाचार बाहिर आएको भन्दै उनीहरुले यस्तो प्रश्न गरेका हुन् ।

यो पनि पढ्नुहोस्–