३१ आश्विन २०८३, शनिबार

बुटवलका यी १२ स्थानलाई तोकियो निषेधित क्षेत्र, ५ जनाभन्दा बढी भेला हुन नपाइने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १८ असोज । बुटवलको विभिन्न १२ वटा स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको छ भने आषमी ४ दिनसम्म ५ जना भन्दा बढी मानिस एकैठाउँमा भेला हुन नपाइने भएको छ ।

प्रदेश ५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएपछि बुटवलमा हिंसात्मक आन्दोलन चर्कने आँकलनसहित जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधित क्षेत्र घोषणा गरेको हो ।

स्थानीय प्रशासनले आज आइतबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा घोषणा गरेको छ । शनिबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना निकालेर आउँदो २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको हो ।

निषेधित क्षेत्रमा भीडभाड, सभा, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्नरगराउन रोक लगाइएको छ । त्यस्तै, ५ जनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भएर हिँडडुल गर्न पाइने छैन । जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय, मन्त्री कार्यालयहरू तथा प्रदेश सभा भवन रहेका आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गरेको हो ।

प्रदेशसभा भवन रहेको क्षेत्र दक्षिणमा इँटा भट्टीचोक, उत्तरमा कालीका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालीका मन्दिरदेखि इँट्टा भट्टीचोकसम्मको कालीका पथ क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै मन्त्रालय रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र निषेधाज्ञा लागू गरिएको सूचनामा उल्लेख छ ।

यस्तो छ सूचना–