धनगढी, ९ भदाै । कैलाली जिल्लामा आईसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका वडा नम्वर ११ को आईसोलेसनमा रहेकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायाका अनुसार उनी मृगौला रोगबाटग्रस्त थिइन् ।
घोडाघोडी नगरपालिकाका सूचना अधिकारी उमेशराज रेग्मीका अनुसार मृतकको स्थायी घर बझाङ हो भने केही दिन अगाडि मात्रै भारतबाट परिवारसहित घोडाघोडी पुगेकी हुन् ।















प्रतिक्रिया