११ कार्तिक २०८३, बुधबार

सुनसरीमा सम्वेदनशील अंगमा हानेर आफ्नै साथीहरूबाट हत्या

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, ३ भदाै । सुनसरीका गुणराज यादवको हत्यामा संलग्न ५ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।

भोक्राहा गाउँपालिका ७ का यादवको गत ३१ गते प्लाष्टिकको बोराभित्र शब फेला परेको थियो ।

२९ गते मृतक गुणराज घरबाट मोबाईल पसलमा काम छ भनी निजको साथी शिव कुमार मेहतासंग इनरुवा बजार गएको सुनसरी प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सँगै साथीहरूसँग रक्सी खाएका यादवलाई साथीहरूले संवेदनशील अंगमा लात्ताले पटक–पटक हानेको अनुसन्धानबाट खुलेको छ ।

घरदेखि तीन सय मिटर पर घन्सी बारीमा लुकेर बसेका पप्पु राम, दीपक यादव, प्रदीप राम, शिव कुमार मेहता र दिनेश मेहताले कुटपिट गरेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दिनेश मेहताले नजिकै रहेको गोरू गाडामा लगाएको बाँस ल्याई मृतकको टाउकोमा प्रहार गरेको खुलेको छ ।

शिव कुमार मेहताले नजिकै रहेको गोरु गाडामा वाधिएको नाईलनको डोरी ल्याई मृतकको घाँटीमा समेत बाँधेको र प्रदीप राम, पप्पु राम र दीपक यादव मिलेर मृतकको हात तथा खुट्टा बाँधेर विभत्स हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।