११ कार्तिक २०८३, बुधबार

सिरहामा गर्भवती महिला हत्या गर्ने पति र सासू पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २ भदाै । सिरहा जिल्लामा गर्भवती महिलाको हत्या गरेको आरोपमा पति र सासूलाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उनका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो ।

तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट गरी हत्या गरेको मृतकका बुवा चन्दर दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराए छन् ।

उनका पति र सासूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।