११ कार्तिक २०८३, बुधबार

विदेशी डाक्टरसँग बिहे गरेर लण्डन जान खाेज्ने नेपाली युवतीले फसाइन ४८ लाख

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । महानगरीय अपराध महाशाखा काठमाडौंले विवाहको लोभ देखाएर नेपाली युवतीलाई ठगी गर्ने ४८ वर्षीय विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

ती विदेशी नागरिकले ठमेलमा बसेर विवाह गरेर लण्डन लैजान्छु भनेर प्रलोभनमा पारेका थिए । युवती पनि लण्डन जान पाउने भएपछि नचिनेको व्यक्तिलाई ठूलो रकम दिएकी हुन् ।

ती नागरिकले युवतीलाई हिराको औँठी, घडी, सुनको सिक्री र दुई लाख ३० हजार पाउण्ड पठाइदिएको छु भनेर अंगोलाका नागरिक सिल्भा एन्टोनिया डा कोस्टाले ठगी गरेको विज्ञप्तिमा उल्लेख छ ।

युवतीसँग ती विदेशी नागरिकले ४८ लाख ५४ हजार ४ सय २० रुपियाँ ठगी गरेको खुलेको छ ।

नेपाली युवतीसँग सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत माकी आरोन नाम गरेका व्यक्तिसँग चिनजान भएको थियो ।

ती व्यक्तिले आफू लण्डनको क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएर विवाह गर्छु भनेर विश्वासमा लिएर ठगी गरिएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

ती व्यक्तिले भन्सारबाट सामान छुटाउनु छभन्दै पुनः २० लाख रुपियाँ मागेका थिए । विदेशी नागरिकले पहिला बानेश्वरको होटेल एभरेष्टमा युवतीलाई बोलाएका थिए । त्यसपछि होटेल सोल्टीमा बोलाएको प्रहरीले जनाएको छ ।

साउन ३० गते पक्राउ गरेर ती व्यक्ति बस्दै आएको ठमेलको होटेलको खानतलासी गरेर विभिन्न सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

ती व्यक्तिले सोही दिन अर्की एक युवतीलाई पनि ३७ हजार नगद ठगी गरेको जनाइएको छ । ठगी कार्यमा संलग्न ती विदेशी नागरिकलाई काठमाडौं जिल्ला अदालतमा पेश गरेर अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ ।

ती व्यक्तिको ठमेलमा रहेको होटेलको कोठामा छापामार्दा प्रहरीले नेपाल रुपियाँ ३ लाख १५ हजार ७ सय ४५ रुपियाँ, ९ सय अमेरिकन डलर, सेतो रंगको ए–फोर साइजका पेपरहरू, एटीएम कार्डहरू, पाउडरको बट्टाहरू, ल्यापटप, नक्कली नेपाली नोट एक हजारका तीन थान, विभिन्न देशका मुद्रा, नोटको आकारको कालो कागजको बण्डल, विभिन्न केमिकल, टेप, पेपर कटर लगायतका सामग्री बरामद गरेको छ ।