चपुर, ३२ साउन । रौतहट जिल्लामा एकजना युवकको घाँटी काटेर हत्या भएको छ ।
गरुडा नगरपालिका-८ जिंगडियाका १७ वर्षीय युवक निरन्जन राम चमारको घाँटी काटेर हत्या भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।
आइतबार बिहान ६ बजे स्थानीयले दिएकाे जानकारी अनुसार जिंगडिया गाउँभन्दा करीब ३ सय मिटर टाढा चौरमा शव बरामद भएको छ ।
डिएसपी महताेले निरन्जनलाइ धारिलो हतियारले घाँटी काटिएको अवस्थामा शव भेटिएकाे बताए ।















प्रतिक्रिया