काठमाडाैं, ३२ साउन । समाजसेवी क्याप्टेन विजय लामा र युवा समाजिक अभियन्ता अपरा थापा भट्टराईको प्रयासमा सामुदायिक बिद्यालयका १ सय ३० बालबालिकाहरूलाई दिवा खाजा प्रदान गरिएको छ ।
वितरण गरिएको खाना प्रत्येक विद्यार्थीको लागि १ महिनाको लागि दिवा खाजा पुग्नेछ । कोभिड-१९ ले गर्दा बालबालिकाको शैक्षिक संस्थाहरु बन्द छन् ।
उनीहरू घरमै बसेर टन्न पेटभरि पौष्टिक खाना खाई शिक्षालाई निरन्तरता दिउन भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको अपरा थापा भट्टराईले बताइन् ।
काठमाडौं महानगरपालिकाको नगर उपप्रमुख हरिप्रभा श्रेष्ठ लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएकाे थियाे । न्यानोपन वर्षौं देखि नेपाली जनताहरूलाई विभिन्न किसिमका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनहरूमा विद्यार्थीको शिक्षालाई लक्षित गरी खानाको मार्फत शिक्षालाई प्रवर्द्धन गर्ने किसिमका कार्यहरूलाई बिशेष प्राथमिकता दिने उद्धेश्य राखेको छ ।















प्रतिक्रिया