११ कार्तिक २०८३, बुधबार

बस्नेतकाे निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । नेपाली कांग्रेस संसदीय दलले पूर्वमन्त्री एवम् पूर्वसांसद मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ ।

प्रमुख सचेतक बालकृष्ण खाँणले शुक्रबार शोक विज्ञप्ति जारी गरेर पूर्वसांसद बस्नेत र उनको परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् ।

बस्नेतका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा बिहीबार राति महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । खड्गबहादुर बस्नेतको असामयिक दुःखद् निधनप्रति नेपाली कांग्रेस संसदीय दलले गहिरो दुःख व्यक्त गरेको खाँणले जनाएका छ ।

‘नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने सन्तानलाई जन्म दिनुभएका स्व. खड्गबहादुर बस्नेतले आफ्ना सन्ततीहरूलाई सदैव देश, लोकतन्त्र र आम नागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आउनुभएको थियो’, खाँणले भने, ‘उहाँको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ ।’

‘स्व. बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछौं’, खाँणले भने, ‘दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन तथा आफन्तप्रति नेपाली कांग्रेस संसदीय दल हार्दिक समवेदना प्रकट गर्दछ ।’