७ मंसिर २०८३, सोमबार

पहिरोमा पुरिएर बैतडीमा आमा–छोराको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २३ साउन । गएराती घरमाथिबाट पहिरो जाँदा बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्वर ४ का आमा छोराको पुरिएर मृत्यु भएको छ ।

आनसीह बोहराकी श्रीमती ४० वर्षीय पशुपति वोहरा र १२ वर्षीय छोरा रिकेश वोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरूको शव विहान ७ बजे शव फेला परेको थियो । मृतक आमाछोरासँगै पहिरोमा घर लगायत पशुचौपाया सरसामान सबै पुरिएका छन् ।

गएराति १ बजेतिर पहिरो आउँदा उनीहरू घरसँगै पुरिएका थिए।