११ कार्तिक २०८३, बुधबार

चाबहिलमा मादक पदार्थ सेवन गरी श्रीमती र छोरीमाथि स्प्रिट प्रहार

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । काठमाडौंको चाबहिलमा मादक पदार्थ सेवन गरी श्रीमती र छोरीमाथि स्प्रिट छ्याप्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ मादक पदार्थ सेवन गरेर श्रीमती र छोरीमाथि स्प्रिट छ्याप्ने अन्दाजी ४४ वर्षीय राजन विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

विष्टले बिहीबार साँझ ९ बजेतिर श्रीमती र छोरीमाथि स्प्रिट छ्यापेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । विष्टलाई महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ ।

टाउको र अनुहारमा स्प्रिट परे पनि आँखाको ज्योतिमा असर नपरेको चिकित्सकको भनाइ उद्धृत गर्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

विष्टले मादक पदार्थ सेवन गरी सधैं झगडा गर्ने गरेको पनि खुल्न आएको उनले बताए ।