
काठमाडौँ, २२ साउन । इलाममा थप १६ जना सशस्त्र प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाको सशस्त्र प्रहरी बल प्रदेश १ गणमा बिहीबार थप १६ जनामा कोरोना संक्रमण देखिएको हो ।
सबै संक्रमितलाई उपचारका लागि गोठगाउँ पठाइएको छ । उक्त गणमा हालसम्म कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।
३८ जनाको स्वाब संकलन परीक्षण गर्दा १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यसरी सुरक्षाकर्मीमा कोरोना देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् ।















प्रतिक्रिया