
काठमाडौँ, २१ साउन । काठमाडौँ उपत्यकामा वुधबार १ सय २ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
उपत्यकामा यो हालसम्मकै उच्च संख्या हो ।
संक्रमितमध्ये धेरै बाहिरी जिल्लाबाट आएका, उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका र कतिपय अस्पतालकै कर्मचारी रहेको इपिडिमियोलोाजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
पछिल्लो समय लकाउन खुलेपछि उपत्यका प्रवेश गर्ने मुख्य तीन नाका नागढुङगा, फर्पिङ र साँगा सहित अन्य चोर नाकाबाट आउने मानिसमा कोरोना देखिएको हो ।
संक्रमितमध्ये प्रदेश २ बाट आएका र भारतबाट आएका छन् । त्यस्तै, अस्पतालका विभिन्न कर्मचारीहरु रहेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार बुधबार देखिएका १०२ जनामध्ये १६ जना सम्पर्क विहिन छन् ।
उनीहरुको फोन नउठेको जनाइएको छ ।
त्यसबाहेक ३६ जना संत्रमितको ट्राभल हिष्ट्री छ भने ३२ जना संक्रमितमा कोरोनाको कुनै न कुनै लक्षण देखिएको छ ।
५६ जना संक्रमितलाई अस्पतालमा भर्ना गरिएको र २० जना संक्रमित होम आइसोलेसनमा बसेको कोइरालाले जानकारी दिए ।
पछिल्लो समय काठमाडौँ उपत्यकामा पनि संक्रमितको संख्या निकै बढ्न थालेको छ ।















प्रतिक्रिया